किरण पुस्तकालय तम्घासको अध्यक्षमा पन्थी निर्वाचित
ratopati.com · Thu Mar 14 16:49:00 GMT 2024
बुटवल । किरण पुस्तकालय तम्घास गुल्मीको अध्यक्षमा शशी पन्थी निर्वाचित भएका छन् । पुस्तकालयको ५६ औं सभाको अधिवेशनबाट पन्थी पुनः तीन वर्षीय कार्यकालका लागि अध्यक्षमा सर्वसम्मतिले निर्वाचित गरेको हो ।
यस्तै उपाध्यक्षमा दीन पन्थी, सचिवमा चनकबहादुर कुँवर, कोषाध्यक्षमा हिमकला राना, सदस्यहरुमा गोपाल पन्थी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत कृष्ण खनालले जानकारी दिए । सामाजिक क्षेत्रबाट पुुस्तकालयमा स्थापित जानकी साहित्य पुरस्कारका संस्थापक शंकरप्रसाद गौतम, शैक्षिक संघ–संस्थाबाट दानबहादुर केसी र गैरसरकारी संघसंस्थाको तर्फबाट रेशम कुँवरलाई मनोनित गरिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)