‘बैंकिङ क्षेत्रमा असहजता भए पनि उठ्नै नसक्ने अवस्था वा संरचनात्मक समस्या छैन’
clickmandu.com · Wed Sep 23 15:12:29 GMT 2026

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का पदाधिकारीहरूले बैंकिङ क्षेत्रमा असहज परिस्थिति देखिए पनि अर्थतन्त्रमा कुनै ‘स्ट्रक्चरल ड्यामेज’ (संरचनात्मक क्षति) नभएकाले निराश भइहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् । अर्थतन्त्रमा सुधार आउनासाथ बैंकिङ क्षेत्र पुनः गतिशील बन्ने विश्वास व्यक्त गर्दै उनीहरूले लगानीकर्ताको मनोबल बढाउन, नीतिगत स्थिरता कायम गर्न र कानुनहरूमा समयानुकूल सुधार गर्न सरकारसँग माग गरेका छन् ।
सिबिफिनका महासचिव मनोज गोयलले पछिल्ला चरणबद्ध आर्थिक झट्काहरूका कारण बैंकिङ क्षेत्र पहिलेभन्दा असहज अवस्थामा पुगे पनि यो उठ्नै नसक्ने गरी थलिएको अवस्था भने नरहेको प्रस्ट पारे । अर्थतन्त्रमा केही सुधार देखिनासाथ बैंकिङ क्षेत्र पुनः लयमा फर्किने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)