संसद् सचिवालयको स्पष्टीकरण : सम्झौता मूल्यबमोजिम नै चमेना गृहमा खाद्यवस्तु उपलब्ध
ratopati.com · Wed Sep 23 15:15:42 GMT 2026

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले संसद् भवनस्थित चमेना गृहमा खाद्यवस्तुको मूल्य बढाइएको भन्ने सामाजिक सञ्जालमा आएका विषयप्रति स्पष्टीकरण दिएको छ।
सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार चमेना गृह सेवा उपलब्ध गराउँदै आएको ल्याण्डमार्क होटल एण्ड रिसोर्ट प्रा.लि. सँगको सम्झौता आर्थिक वर्षको समाप्तिसँगै सकिएको थियो। उक्त कम्पनीले थप अवधिका लागि सेवा दिन नसक्ने जानकारी गराएपछि कानुनबमोजिम नयाँ टेण्डर प्रक्रियाबाट सेवा प्रदायक छनोट नभएसम्मका लागि वैकल्पिक व्यवस्था गरिएको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)