मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस महाधिवेशन : मतदान सकियो, केहीबेरमा मतगणना हुँदै

annapurnapost.com · Mon Dec 13 23:59:00 GMT 2021

काठमाडौं‌: नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले मतदान सकिएको जानकारी दिए। उनका अनुसार ४ हजार ६७९ मत खसेको छ। नेपाली कांग्रसका कूल ४ हजार ७४३ मतदाता रहेका थिए।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पाँच जनाले उम्मेदवारी दिएका छन्। त्यसमध्ये पार्टी सभापति शेरबहादुर देउवार र शेखर कोइरालाले प्यानल बनाएरै चुनावमा उत्रिएका छन्। त्यस्तै महामन्त्रीमा पनि पाँच जना आकांक्षी रहेका छन्। दुई महामन्त्रीका लागि पाँच जनाले उम्मेदवारी दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)