केएमसीका विद्यार्थीले गरे बाढीपीडितलाई २३ लाखभन्दा बढी सहयोग
ratopati.com · Wed Sep 23 15:38:02 GMT 2026

काठमाडौँ । काठमाडौँ मोडेल माध्यमिक विद्यालय (केएमसी) बागबजारले भदाै १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगार्थ २३ लाख ७० हजार ३१६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
विद्यालय तथा कलेजका विद्यार्थी कमिटीका प्रतिनिधिमार्फत नेपाल सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेललाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)