दोलखाका ७४ वडामध्ये कांग्रेसको कान्छा वडा सभापति बने सन्तोष श्रेष्ठ
reportersnepal.com · Wed Sep 23 15:40:22 GMT 2026

दोलखा । शैलुङ गाउँपालिका–८ का सन्तोष श्रेष्ठ नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट दोलखा जिल्लाका ७४ वडामध्ये सबैभन्दा कान्छो वडा सभापति बनेका छन्।
युवा उमेरमै राजनीतिक संगठनमा सक्रिय हुँदै आएका श्रेष्ठले २८ वर्षको उमेरमा शैलुङ–८ को वडा सभापतिको जिम्मेवारी प्राप्त गरेका हुन्। उनी १८ वर्षकै उमेरमा तरुण दल शैलुङ–८ को सचिव बनेका थिए भने २३ वर्षको उमेरमा वडा सचिवको जिम्मेवारी सम्हालेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)