नेपाललाई पदक दिलाउने को हुन् तेन्जिङ?
annapurnapost.com · Wed Sep 23 15:34:20 GMT 2026
काठमाडौं : नेपाली खेलकुदको ध्यान हाल २० औं एसियन गेम्समा छ। सबैभन्दा बढी पदकको आश गरिएका खेलाडीबाट नै निराशा हात लाग्दै गर्दा बुधबार आश गरिएको खेल करातेले नेपाललाई कास्य पदक दिलायो। यो पदक नै २० औं एसियन गेम्समा नेपालको पहिलो पदक बन्यो।
नेपालका तेन्जिङ शेर्पाले पुरुष ८४ केजीमाथिको तौल समूहमा कास्य पदक जितेका हुन्। जापानको आइची नागोयामा जारी एसियन गेम्समा नेपालले स्वर्णसहित पदकको आश गरेको करातेबाट अन्ततः कास्य पदक प्राप्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)