मौसमी जोखिमबाट बच्न ८ र ९ गते आवश्यकताअनुसार विद्यालय बन्द गर्नू : शिक्षा मन्त्रालय
baahrakhari.com · Wed Sep 23 15:44:00 GMT 2026

काठमाडौं । देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय तथा विश्वविद्यालयलाई सावधानी अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको समेत जोखिम रहेकाले मन्त्रालयले शैक्षिक संस्थालाई पूर्वतयारीमा जुट्न आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)