शिक्षा मन्त्रालयले भन्यो- असोज ८ र ९ गते विद्यालय बिदा गर्नू, परीक्षा पनि स्थगित गर्नू
annapurnapost.com · Wed Sep 23 15:39:53 GMT 2026

काठमाडौं : भारी वर्षाको पूर्वानुमानपछि शिक्षा तथा खेलकुद मन्त्रालयले असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालय बिदा गर्न आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित क्षेत्रका विज्ञहरूले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको पूर्वानुमान गरेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)