केपी ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित
ratopati.com · Wed Sep 23 15:56:58 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिन अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ।
ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा जारी बैठकमा अध्यक्ष ओलीले प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका विषय तथा राखेका सुझावबारे स्पष्ट पार्नुभएको थियो। त्यसपछि बैठकले राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)