प्रधानन्यायाधीश डा.शर्मा र चीनका समकक्षी जुन्बीच भेटवार्ता
reportersnepal.com · Wed Sep 23 15:59:50 GMT 2026

काठमाडौं । नेपालका प्रधान न्यायाधीश डा.मनोज कुमार शर्मा र जनवादी गणतन्त्र चीनका प्रधानन्यायाधीश झाङ जुन्बीच चीनको सर्वोच्च अदालतमा द्विपक्षीय भेटवार्ता भएको छ ।
बुधबार (असोज ७) मा भएको भेटका क्रममा हालैको भोटेकोशी बाढीको महाविपत्तिबाट दुवै देशमा पुगेको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको थियो । प्रधानन्यायाधीश डा.शर्माको भ्रमण दलमा रहेका उपरजिष्ट्रार राजेन्द्र पौडेलका अनुसार भेटका अवसरमा चीन सरकारका तर्फबाट नेपाल सरकारलाई प्राप्त सहायता र तत्परताप्रति प्रधान न्यायाधीश डा.शर्माले कृतज्ञता प्रकट गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)