शुक्रबारदेखि तीन दिन भारी वर्षाको जोखिम, गण्डकी र लुम्बिनीमा बढी असर
saralpatrika.com · Wed Sep 23 16:04:43 GMT 2026

काठमाडौँ। देशका विभिन्न स्थानमा शुक्रबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुनसक्ने जनाएको छ।
विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ। यी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुनसक्ने अनुमान गरिएको छ। कोशी, बागमती, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुनसक्ने विभागको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)