संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगे बालेन
ratopati.com · Wed Sep 23 16:07:26 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्।
प्रधानमन्त्री शाह बुधबार केही बेरअघि न्युयोर्क पुगेका हुन्। उनलाई न्युयोर्कमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण तथा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत दधिराम भण्डारीले स्वागत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)