भारी वर्षाको पूर्वानुमान: स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता र तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन
nepallive.com · Wed Sep 23 16:06:04 GMT 2026

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता अपनाउन र तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख डा. हेमन्त चन्द्र ओझाद्वारा जारी सूचना अनुसार असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुने अनुमान गरिएको छ। निरन्तरको वर्षाका कारण बाढी, पहिरो र अन्य प्राकृतिक प्रकोप उत्पन्न भई दुर्घटना, चोटपटक तथा जनस्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)