भारतीय लोकसभाका लागि निर्वाचनमा ५८ प्रतिशत मतदान
gorkhapatraonline.com · Sat May 25 16:48:23 UTC 2024

नयाँदिल्ली, जेठ १२ गते । लोकसभा निर्वाचनको ५८ संसदीय निर्वाचन क्षेत्रहरूका लागि छैठौं चरणमा गरिएको मतदानमा शनिबार साँझ ५ बजेसम्म ५७.७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
पश्चिम बङ्गालमा सबैभन्दा बढी ७७.९९ प्रतिशत, झारखण्डमा ६१.४१ प्रतिशत, उत्तर प्रदेशमा ५२.०२ प्रतिशत, ओडिशामा ५९.६० प्रतिशत, जम्मू कश्मीरमा ५१.३५ प्रतिशत , बिहारमा ५२.२४ प्रतिशत, हरियाणामा ५५.९३ प्रतिशत, र दिल्लीमा ५३.७३ प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको आयोगले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)