कुरुवा घर
shilapatra.com · Thu Jul 23 02:45:29 GMT 2026

कहिलेकाहीँ यस्तो पनि त हुने रहेछ । लेख्न खोजिरहे पनि शब्दहरू मेरासामु आइपुगेका छैनन् । टाइप गर्न खोज्दा पनि औँलाहरू काँपिरहेका छन् ।
लाग्छ, अक्षरहरूबाट लामो समय पर भइसकेछु । लेख्न खोज्छु, मस्तिष्कलाई शून्यतालाई छपक्कै छोपिदिन्छ । भावनालाई समेट्न खोज्दा झनै भावशून्य बनिदिन्छु । मेरो भावनालाई पोख्ने मेरा साथी अक्षरहरू थिए, शब्दहरू थिए, वाक्यहरू थिए तर अहिले यी अक्षरहरूप्रति पनि उतिविघ्न प्रेम छैन । एकखालको नैराश्यताजस्तो ...एकखालको आलस्यताजस्तो । साँच्चै हो रहेछ, कसैसँग पनि सधैँजसो एकनास प्रेम नहुने रहेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)