सुदूरपश्चिमका सरकार अस्तव्यस्त, एक महिना बित्दा पनि मन्त्रिपरिषदले पाउन सकेन पूर्णता
farakdhar.com · Sat May 25 17:13:36 UTC 2024

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । संविधानको धारा १६८ (२) अनुसार ६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका सोडारीले यही ३ जेठमा विश्वासको मत पाइसकेका छन् ।
विश्वासको मत पाएलगत्तै एक/दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने भने पनि अहिलेसम्म पूर्णता दिन सकिरहेका छैनन् । मुख्यमन्त्रीको दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका उपनेता प्रकाश रावलले मन्त्रिपरिषद्लाई पूर्णता दिन भइरहेको सत्तासाझेदार दलले सहयोग नगरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)