कांग्रेस कोशी प्रदेश सभापतिमा लिम्बू, फागो, रायमाझी र थापाको दाबी
ratopati.com · Wed Sep 23 16:11:17 GMT 2026

विराटनगर । नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशन जारी छ ।
१६ गते असोजमा हुने केन्द्रीय महाधिवेशनपछि प्रदेश महाधिवेशन हुने जनाइएको छ । प्रदेश महाधिवेशनको मिति टुंगो नलागि कोशी प्रदेशको नेतृत्व हत्याउन नेताहरूबिच भने रस्साकस्सी सुरु भइसकेको छ । प्रदेश कार्यसमितिको आगामी महाधिवेशनबाट सभापतिका लागि हालका मोरङ सभापति तथा पूर्व संघीय मन्त्री डिकबहादुर लिम्बू, प्रदेशका उपसभापति तथा राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझी, कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापा र सहमहामन्त्री खड्ग फागोले दाबी प्रस्तुत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)