मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

म्यान्मामा चुनाव सम्पन्न, सेनाको सत्ता सुनिश्चित

barnanmedia.com · Sun Jan 25 20:15:00 GMT 2026

म्यान्मामा तीन चरणमा सम्पन्न हुने आम निर्वाचनको अन्तिम चरणमा आइतबार मतदान भएको छ । करिब एक महिना लामो यो प्रक्रियाबाट देशका सैन्य शासक र तिनीहरूका राजनीतिक सहयोगीहरूले नयाँ सरकार गठन गर्न आवश्यक संसदीय बहुमत पहिले नै सुनिश्चित गरिसकेका छन् ।

आलोचकहरूका अनुसार यो निर्वाचन स्वतन्त्र र निष्पक्ष दुवै छैन । सन् २०२१ को फेब्रुअरीमा निर्वाचित नागरिक सरकारलाई अपदस्थ गरेपछि सेनाले आफ्नो शक्ति वैधानिक देखाउन यो चुनाव आयोजना गरेको आरोप उनीहरूको छ । सेना समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी (युएसडिपी) ले पहिलो दुई चरणमा लडिएका अधिकांश सिट जितिसकेको छ । संविधानअनुसार राष्ट्रिय संसद्को माथिल्लो र तल्लो सदनमा २५ प्रतिशत सिट सेनाका लागि आरक्षित भएकाले व्यवस्थापिकामा सेनाको प्रभाव स्वतः सुनिश्चित हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)