नुवाकोटको बेलकोटगढीमा झोलुङ्गे पुल पुनर्निर्माण
ratopati.com · Wed Sep 23 16:23:26 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीले क्षतिग्रस्त नुवाकोटको बेलकोटगढीस्थित पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न भएको छ ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार झोलुङ्गे पुल पुनर्निर्माणपछि उक्त स्थानमा आवतजावत पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ । बाढीबाट क्षतिग्रस्त उक्त पुलका बटारिएका लठ्ठा सोझ्याउने, ह्यान्ड रेल केबल फेर्ने तथा स्टिल डेक र बिम जडान गरी आज जाली राख्ने कार्य पूरा भएसँगै पुल सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)