संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्न प्रधानमन्त्री शाह न्युयोर्कमा
gorkhapatraonline.com · Wed Sep 23 16:21:59 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क आइपुग्नुभएको छ। प्रधानमन्त्री शाह नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागीता जनाउन अमेरिका आइपुग्नुभएको हो।
प्रधानमन्त्री शाहलाई न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण तथा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत दधी राम भण्डारीले स्वागत गर्नुभएको थियो। प्रधानमन्त्री शाहको टोलीमा प्रमुख सल्लाहकार कुमार बेनसहित अन्य सदस्यहरू रहनुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)