कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित
khabarhub.com · Wed Sep 23 16:23:54 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको सभापतिमा सुसन वैद्य निर्वाचित बनेका छन्। उनी महानगर सभापतिमा निर्विरोध निर्वाचित भए।
पेशाले आर्किटेक्ट इन्जिनियर रहेका उनी यसअघि काठमाडौँ महानगरको सचिव थिए। २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी हुँदै उनले राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसबखत प्रहरीले चलाएको गोलि लागेर उनी घाइतेसमेत भए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)