अहिले नै खटपट सुरु भइसकेको गठबन्धन कसरी टिक्ला चुनावसम्म?
pahilopost.com · Thu Sep 23 01:02:23 GMT 2021
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा गठन भएको साढे दुई महिनासम्म पनि सरकारले पूर्ण आकार लिन सकेको छैन।
सत्ता गठबन्धनमा आवद्ध पार्टीका शीर्ष नेताहरु बिच धारावाहिक रुपमा सरकार बिस्तारबारे छलफल त चलिरहेको छ तर निचोडमा पुग्न नेताहरुलाई सकस परेको छ। ५ जना मन्त्रीको भरमा सरकार चलाइरहेका देउवाले बुधवार नेपाली कांग्रेसका नेता डा. नारायण खडकालाई परराष्ट्रमन्त्री बनाए। राष्ट्रसंघीय महासभा बैठकमा नेपालका तर्फबाट सहभागिता जनाउनुपर्ने भएपछि देउवाले हतारहतार बुधवार खडाकालाई परराष्ट्र मन्त्री बनाएका हुन्। यद्यपि, मन्त्रिपरिषद बिस्तारमा ढिलाइ हुँदा महासंघको बैठकमा नेपालको प्रस्तुती फितलो हुनेछ भने साइडलाइन बैठक समेत साइड लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)