लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा छः अर्थमन्त्री वाग्ले
nepalnews.com · Wed Sep 23 16:29:35 GMT 2026

काठमाडौँ। प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री स्वर्णिम वाग्लेले लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री डा वाग्लले मुलुकको आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य रहेको र यसमा सरकारले सक्दो रहयोग गर्ने प्रतिबद्धता जनाए । सो अवसरमा महासङ्घका तर्फबाट लघु, घरेलु तथा साना उद्योगको विकासका लागि नीतिगत सुधारको माग राख्दै आगामी १० वर्षलाई ‘लघु, घरेलु तथा साना उद्योग विकास दशक’ घोषणा गर्नुपर्ने, सहुलियतपूर्ण तथा बिनाधितो कर्जा उपलब्ध गराउनुपर्ने र नयाँ उद्योगलाई कर सहुलियत दिनुपर्ने सुझाव दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)