१८ वर्ष कैद सजाय पाएका प्रतिवादी पक्राउ
annapurnapost.com · Wed Sep 23 16:23:26 GMT 2026

सिमरा : अपहरण, शरीरबन्धक तथा जबरजस्ती करणी मुद्धामा अदालतबाट १८ वर्ष कैद सजाय पाएका एक प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका–७ बगही टोलका २३ वर्षीय अफरोज अंसारी रहेका छन्।
अंसारीलाई कलैया उपमहानगरपालिका-६ स्थित बजार क्षेत्रबाट बुधबार पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए। घलेका अनुसार अंसारीलाई बारा जिल्ला अदालत पेश गरी अदालतको आदेशअनुसार सजाय भुक्तानका लागि वीरगन्ज कारागार पठाइएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)