मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘दलाल दलतन्त्र र लुटकारी व्यवस्था’ विरूद्ध सातै प्रदेशमा आन्दोलन गर्ने आजपाको निर्णय

rajdhanidaily.com · Sat May 25 20:17:42 UTC 2024

काठमाडौं- प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले ‘दलाल दलतन्त्र र लुटकारी व्यवस्था’ हावी भएको भन्दै त्यसविरूद्ध देशव्यापी भण्डाफोर कार्यक्रम गर्ने भएको छ। यो कार्यक्रममा सातै प्रदेशमा अभियानको रूपमा अगाडि बढाउने निर्णय उक्त पार्टीले गरेको छ।

काठमाडौं कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा शनिबार बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। आजपा अध्यक्ष एवम् पूर्वमन्त्री साहको अध्यक्षतामा बसेको पदाधिकारी बैठकमा दलाल दलतन्त्र र भगौडा पुँजीवादी व्यवस्थाको भण्डाफोर गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)