पेट्रोलियम पदार्थको मूल्य घट्न समय लाग्छ : अर्थमन्त्री
nepalnews.com · Sun Jun 28 09:49:04 GMT 2026

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्व द्वन्द्व कम भएसँगै डिजेल, पट्रोललगायत इन्धनको मूल्य घट्ने बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले पेट्रोलियम पदार्थको मूल्य घट्ने बताएका हुन्।
अर्थमन्त्री डा.वाग्लेले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपालमा भारतीय आयल निगममार्फत उक्त इन्धन आउन बाँकी रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको दाबी गरे। केही समय लागे पनि पेट्रोलियम पदार्थको मूल्य घट्ने अर्थमन्त्री वाग्लेले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)