मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तराईमा हावाहुरीको सम्भावना, यस्तो रहने छ आजको मौसम

shilapatra.com · Fri May 26 23:15:00 GMT 2023

आज देशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रुजन लामिछानेका अनुसार, तराईका थोरै स्थानमा पनि हल्का वर्षासँगै हावाहुरी चल्न सक्छ ।

काठमाडौं उपत्यकाको हकमा आज पानी पर्ने सम्भावना नरहेको लामिछानेले बताए । ‘आज आंशिकदेखि सामान्य बदली हुने छ । काठमाडौंसँगै देशभरको मौसममा सुधार आइरहेको छ’, उनले शिलापत्र सित भने ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)