कब्जा गरेका भूमि आफ्नो बनाउँदै युक्रेनसँग युद्ध विराम गर्ने रुसी राष्ट्रपति पुटिनको सङ्केत
Ujyaaloonline.com · Sat May 25 23:45:38 UTC 2024

रुसका भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको सङ्केत गर्नुभएको छ । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँगको वार्ताको क्रममा पुटिनले आफूहरु सर्तसहित युक्रेनसँगको लडाईँ अन्त्य गर्न तयार हुने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रुसले युक्रेनका विभिन्न क्षेत्र कब्जा गरिसकेकाले विजयको रुपमा लिँदै अब पुटिन युद्ध रोक्ने मार्गतर्फ अग्रसर भएको सङ्केतका रूपमा लिइएको खबरमा उल्लेख छ । अहिले रुसी सेना जहाँ सम्म पुगेका छन्, उनीहरुलाई त्यहीँ रोक्ने र कब्जा गरेको भूमि रुसकै हुने गरी युद्धविराम गर्न सकिने पुटिनको सङ्केत रहेको छ । तर युद्धविरामको सङ्केतलाई युक्रेन र पश्चिममा देशले भने शङ्काका साथ हेरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)