मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालबालिकाको दिवा खाजाका लागि ११ दिनदेखि उभिएर धर्ना

ekantipur.com · Sat May 25 23:46:51 UTC 2024

काठमाडौँ — समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईं बिहान १० नबज्दै माइतीघर मण्डला पुग्छन् । जेठको चर्को घाममा मण्डलाको सडक पेटीछेउ ५ बजेसम्म उभिन्छन् र साँझ डेरामा फर्किन्छन् । ११ दिनदेखि उनको दैनिकी यसरी नै चलेको छ ।प्रारम्भिक बालविकास (ईसीडी) शिक्षा सुधारको माग राखी उनले दैनिक ८ घण्टा माइतीघरमा उभिएर धर्ना दिएका हुन् ।

चापागाईंले ईसीडीका बालबालिकाले पाउने दिवा खाजाको रकम वृद्धि गर्नुपर्ने, त्यहाँ पढाउने शिक्षकले न्यूनतम पारिश्रमिक पाउनुपर्नेलगायत शिक्षा सुधारका माग राखेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)