धादिङको शीतल बजारमा चट्टान फुटाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
ratopati.com · Wed Sep 23 16:52:58 GMT 2026

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको शीतल बजारस्थित क्षतिग्रस्त सडक खण्डमा नेपाली सेनाको सहयोगमा कडा चट्टान फुटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।
गत २०८३ साल भाद्र १४ गते त्रिशूली नदीमा आएको बाढीले कटान गर्दा उक्त सडक क्षतिग्रस्त भई एकतर्फी रूपमा मात्र सञ्चालन हुँदै आएको थियो । सडकलाई पुनः सहज र दुईतर्फी बनाउनका लागि भित्तातर्फ रहेको करिब ५५ मिटर लामो कडा चट्टान हटाउने कार्य सफलतापूर्वक सम्पन्न भएको नागढुंगा–मुग्लिङ सडक योजनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)