जुत्ता सिलाउने, चुरा र चिया बेच्नेको बचत अपचलन गरेर गोर्खा मिडियामा अध्यक्ष र एमडी
ekantipur.com · Sun May 26 00:24:50 UTC 2024

पोखरा — डोको बोकेर गाउँ–गाउँ डुल्दै चुरा बेचेको दुई–चार पैसा सूर्यदर्शन सहकारीमा डुबेपछि पोखरा–१३ मियाँपाटनका ६५ वर्षीय हाजी अलि मोहम्मद तनावमा थिए । यहीबीच उनलाई मस्तिष्कघात भयो । शरीर नचल्ने मात्रै भएन, दुवै मृगौला पनि फेल भए । हाजीकी श्रीमती रमजानी निशाको दिनचर्या अचेल बिछ्यौनामा पल्टिरहने श्रीमान्को हेरविचारमा बित्छ ।
साउदी र कतारमा ७ वर्ष काम गर्दा हाजी अलिले केही रकम बचत गरेका थिए । पोखरा फर्किएर उनले टुँडिखेलमा कस्मेटिक पसल खोले । श्रीमती रमजानीले त्यसअघि नजिकका गाउँमा डोकोमा चुरापोते बेचेर कमाएको अलिअलि पैसा साथमा थियो । दुई वर्षअघि सूर्यदर्शनका कर्मचारी पसलमै पुगेर राम्रो ब्याज पाइने भन्दै खाता खोल्न लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)