नेपाल दाेस्राे अभ्यास खेलमा पनि विजयी, ह्युस्टन हरिकेन्स ९६ रनमै अल आउट
Ujyaaloonline.com · Sun May 26 00:25:25 UTC 2024
काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि अमेरिकाको ह्युस्टनमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले ह्युस्टन हरिकेन्सलाई दोस्रो तथा अन्तिम अभ्यास खेलमा पनि हराएकाे छ । याेसँगै नेपालले दुई खेलकाे शृङ्खला 'क्लिन स्वीप' गरेकाे छ ।
गए राति प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा भएकाे खेलमा नेपालले ह्युस्टन हरिकेन्सलाई २७ रनले हरायाे । नेपालले दिएकाे १ सय २४ रनकाे सामान्य लक्ष्य पछ्याएकाे ह्युस्टन १८ ओभर ३ बलमा ९६ रनमा अल आउट भयाे । ह्युस्टनका जिया शेहजादले सबैभन्दा धेरै ३५ रन बनाए । नेपालका करण केसीले ३, साेमपाल कामीले २ तथा कप्तान राेहितकुमार पाैडेल, अबिनाश बाेहरा र सागर ढकालले समान १ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)