सर्पदंशबाट ८ वर्षीय बालकको मृत्यु, उपचार खर्च तिर्न नसक्दा शव अस्पतालमै
annapurnapost.com · Thu Jul 23 03:31:22 GMT 2026

बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका–१२, बिजलपुरा चल्कीका एक ८ वर्षीय बालकको विषालु सर्पको टोकाइबाट मृत्यु भएको छ। स्थानीय चन्दन कापरका ८ वर्षीय छोरा विवेक कापरको उपचारका क्रममा बिहीबार बिहान बर्दिबास जनसेवा अस्पतालमा मृत्यु भएको वडा सदस्य रुपो देवी सदाले जानकारी दिइन्।
बालककी आमा अमृतदेवी कापरका अनुसार बुधबार साँझ घरमै आँप टिप्ने क्रममा विवेकलाई विषालु सर्पले टोकेको थियो। सर्पदंशपछि तत्काल उपचारका लागि बर्दिबास जनसेवा अस्पताल लगिएको भएपनि भेन्टिलेटरमा उपचारकै क्रममा उनको ज्यान गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)