नेपालगञ्जमा पक्रेर काठमाडौं ल्याइयो अडिओवाला ठकुरीलाई
janaaastha.com

गोप्य अडिओ काण्डमा संलग्न नेपालगञ्जका पत्रकार आशिष मल्ल ठकुरी सिआइबीद्वारा पक्राउ परेका छन् । उनलाई अहिले मेडिकल परीक्षण गराएर काठमाण्डौ प्रहरी परिसरको हिरासतमा राखिएको छ । कुन मुद्दा लगाउने भनेर भोलि बल्ल तय हुने बुझिएको छ । आज जनआस्थाबाट सार्वजनिक अडियोमा ठकुरी र अर्का पत्रकार हेमन्त चौधरीबीच निकुञ्जहरुमा वार्डेन खटाउँदा कर्मचारीसँग भएको लेनदेन र चौकिदार हेरफेरमा २५-२५ लाख डिलबारे सुनिन्छ । जनआस्थाले ‘३५ वर्षलाई ओझेलमा पार्ने ६ महिने काण्डको पर्दाफास,क–कसले कहाँबाट उठाए करोडौं करोड ?’ शीर्षकमा आज बिहान समाचार प्रकाशित गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)