भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि
gorkhapatraonline.com · Wed Sep 23 17:37:36 GMT 2026

रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाको पातारासी गाउँपालिका–४ स्थित लाम्री गाउँका १५ जनाको कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरिएको छ ।
पातारासी नदीको किनारमा आज उनीहरूको सामूहिक दाहसंस्कार गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो । पातारासीका मात्रै ४९ जना सम्पर्कविहीन भएका छन् । रसुवास्थित हाँकुबेँसी हाइड्रोपावरमा काम गर्दै आएका पातारासीका स्थानीय गत भदौ १० को बाढीमा परी बेपत्ता भएको गाउँपालिका अध्यक्ष बोहोराको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)