चितवनमा ५० प्रतिशत रोपाइँ
dcnepal.com · Sun Jul 09 16:43:35 GMT 2023
चितवन । जिल्लामा ५० प्रतिशत रोपाइँ भएको छ । समयमा पर्याप्त वर्षा नहुँदा रोपाइँ हुन नसकेको हो । कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लाका सात पालिकामा भएको धान रोपाइँ ५० प्रतिशत भएको छ । केन्द्रका निमित्त कार्यालय प्रमुख मीनबहादुर पुनका अनुसार लामो समय खडेरी परेका कारण धान रोप्न समस्या भएको हो । सिँचाइको व्यवस्था भएका केही स्थानमा रोपाइँ भए पनि पानीको अभावका कारण रोपाइँ हुन नसकेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)