के हो बुस्टर डोज? फरक खोप पनि लगाउन मिल्छ?
nepallive.com · Tue Jan 18 01:18:00 GMT 2022
काठमाडौं- नेपालमा पनि कोरोना भाइरसविरुद्धको खोपको ‘बुस्टर डोज’ सोमबारबाट दिन थालिएको छ। बुस्टर डोज दिन काठमाडौंका विभिन्न १९ स्थान तोकिएका छन्। सरकारले तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर डोज दिइरहेको छ। आगामी माघ १४ देखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर डोज दिइने पनि जनाइएको छ। काठमाडौंमा सोमबारदेखि नै खोप कार्यक्रम सुरु भएको छ भने ललितपुरका ८ स्थानमा पनि आजबाट सुरु गरिने भएको छ।
अन्य कतिपय देशको तुलनामा नेपालले निकै ढिलो गरेर मात्र बुस्टर डोज लगाउन थालेको हो। इजरायलसहित केही देशले चौथो बुस्टर डोज लगाइरहेको सुक्ष्म जीवाणु विज्ञ डा. सन्तोष दुलाल बताउँछन्। ज्येष्ठ नागरिक, दीर्घ रोगीहरुलाई पहिलो प्राथमिकतामा राखेर बुस्टर डोज दिनुपर्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)