राष्ट्र बैंकका नयाँ नीतिगत व्यवस्थाले व्यवसायी मर्कामा : चेम्बर
abhiyandaily.com
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपाल राष्ट्र बैंकको नीतिले मुलुकमा व्यावसायिक वातावरण झन् बिग्रन थालेको गुनासो गरेको छ । केन्द्रीय बैंकका नयाँ व्यवस्थाहरूको कार्यान्वयनले बैंक, वित्तीय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना साना ऋणीहरू सबैभन्दा बढी मर्कामा परेको गुनासो चेम्बरले गरेको हो ।
राष्ट्र बैंकबाट जारी भएको चालू पूँजी कर्जासम्बन्धी मार्ग दर्शन २०७८ को मस्यौदाबाट चालू पूँजीलाई कडाइ गर्र्ने संकेत देखिएको भन्दै यसले व्यापार सहजीकरण तथा लगानीमैत्री वातावरणमा गम्भीर असर पर्ने चेम्बरको भनाइ छ । केन्द्रीय बैंकका अधिकांश नीतिहरू बैंक तथा वित्तीय संस्थालाई मात्र पोस्ने खालको भएको चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘एक करोड रुपैयाँसम्मको चालू पूँजीको कर्जाको सीमा निर्धारण विक्रीको अधिकतम २० प्रतिशतसम्म मात्र रहने व्यवस्थाले बजारमा लामो समयसम्मका लागि उधारोमा हुने विक्री तथा दशैंतिहारको बेलामा मात्र ५० प्रतिशत विक्री हुने सामानका लागि राख्नुपर्ने मौज्दात अहिलेको प्रस्तावित सीमाले पुग्दैन,’ चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ । वार्षिक कारोबार विक्रीको ५० प्रतिशतसम्मको सो सीमा कायम गरिनुपर्ने चेम्बरको माग छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)