मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाबुआमाको शव सुरक्षित राख्न गाउँमा ‘डिप फ्रिज’

ekantipur.com · Sat Jan 14 01:18:09 GMT 2023

बागलुङ — तीन छोरा जापानमा थिए, गलकोट नगरपालिका–८ का चूडामणि कँडेलको अघिल्लो वर्ष साउन ११ मा निधन भयो । चाहेर पनि छोराहरू गुणखर, खिमलाल र ज्ञानप्रसाद झट्टै घर फर्कन सम्भव थिएन । उनीहरूले आफन्तलाई भने– तीन/चार दिनसम्म जसरी भए पनि आइपुग्छौं ।

गर्मीको याम, त्यतिका दिन शवलाई कसरी जोगाएर राख्ने ? अझ वैदेशिक रोजगारीले गाउँमा युवा नै नभएको अवस्थामा तीन/चार दिनसम्म शव कुरेर को बस्ने ? दुवैतर्फबाट सल्लाह भयो– डिप फ्रिज किनेर शव सुरक्षित राख्ने । २ लाख ५० हजार रुपैयाँ हालेर फ्रिज किनियो, शवलाई सुरक्षित राखियो । चार दिनपछि आइपुगेका छोराहरूले पिता चूडामणिको विधिपूर्वक अन्त्येष्टि गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)