मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वकमलरी र कमैयालाई सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

hamrakura.com · Wed Mar 29 00:00:00 GMT 2023

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पूर्वकमलरी र कमैयालाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विगतका सम्झौता कार्यान्वयनको माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेको मुक्त कमलरी विकास मञ्चलगायत सम्बद्ध चार संस्थाका पदाधिरीसँग मुख्यमन्त्री गिरीले प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग र सहकार्य हुने बचन दिए ।

उनले आगामी आवको बजेटमा पनि थप प्रोत्साहनका कार्यक्रम समावेश गरी कार्यान्वयन गर्दै पुनःस्थापना र व्यवस्थापनको दीगो प्रयास हुने बताए । हालसम्म हुँंदै आएको ऐतिहासिक उत्पीडनको क्षतिपूर्ति स्वरुप मुक्तकमैया तथा कमलरी परिवारले स्वतन्त्रतापूर्वक सम्मानजनक जीवन जिउन सक्ने गरी प्रदेशस्तरीय पुनःस्थापनाको एकीकृत प्याकेज निर्माण गर्न र सो कार्य गर्दा ज्याला, समानता, स्वतन्त्रतासहित शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षासहित दीगो जीविकोपार्जनको सुनिश्चितता गरिने उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)