२१ मध्ये १७ सांसद नआएपछि बैठक नै बसेन, ५० मिनेट कुरेर फर्किए कृषिमन्त्री
nayapatrikadaily.com · Mon Nov 01 00:42:00 GMT 2021
कात्तिक पहिलो साता आएको वर्षा र बाढीका कारण धानबालीमा क्षति व्यहोरेका किसान मर्माहत अवस्थामा छन् । तीन दिनको बेमौसमी वर्षाले किसानको ११ अर्ब ८७ करोड मूल्यबराबरको बालीमा क्षति पुगेको सरकारकै तथ्यांक छ । तर, किसान र कृषिका मुद्दामा सरोकार राख्ने र सरकारलाई निर्देशन दिने जिम्मेवारी पाएको संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमै रहेका सांसद भने किसानप्रति गैरजिम्मेवार देखिएका छन् ।
धानबालीमै भएको क्षतिबारे छलफल गर्न आइतबार ११ बजे समितिको बैठक डाकिएको थियो । छलफलका लागि आमन्त्रित कृषिमन्त्री महिन्द्र राय यादव ११ः१० मै उपस्थित भए । मन्त्रालयका सचिव, उपसचिवलगायत कर्मचारी समयमै उपस्थित थिए । तर, २१ सांसदमध्ये १७ अनुपस्थित भएपछि कोरम नपुगेर बैठक नै स्थगित भयो । कृषिमन्त्री यादव ५० मिनेट कुरेर फर्किए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)