गुरुको उपदेश
hamrakura.com · Mon Jul 11 00:00:00 GMT 2022
गौरीघाट । श्री शिवपुरी बाबाको दर्शनका लागि बेला मौकामा अनेक भेषधारी सन्त महात्माहरूको आगमन हुन्थ्यो । उहाँको सान्निध्यमा रहन पाउँदाको समयमा ती महात्माहरू मध्ये कोही कोहीको सेवा गर्ने मौका पनि पाइन्थ्यो । सन्त पुरुषबाट कहिल्यै पनि कसैको पनि कुभलो होला भन्ने कुरा चिताउन पनि सकिन्न ।
उहाँहरूमा स्पष्टवादिता, सरलता आदि दैवीगुणहरु भरिएका हुन्छन् । नीतिको कथन पनि छ नौनी पगाल्नको लागि तातो (आगो)को आवश्यकता पर्दछ, तर सन्तहरू अर्काको वेदना सुनेर, परेको पीरमर्का सुनेर आफैँ नै पग्लन थाल्नु हुन्छ जसले गर्दा दुःखी पुरुषहरू पनि लाभान्वित हुन जान्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)