बेइजिङ–अबुधाबी सिधा उडान सुरु
ratopati.com · Sun Jan 25 22:51:55 GMT 2026

काठमाडौँ । चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी बिचको सिधा हवाई मार्ग सुरु गरिएको छ । यो चिनियाँ एयरलाइनद्वारा सञ्चालित दुई राजधानीहरू बिचको पहिलो सीधा सम्पर्क हो ।
एयर चाइनाको बोइङ ७८७ विमानले २७८ यात्रु लिएर गरेको पहिलो उडान शनिबार राति अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । प्रत्येक हप्ता चार ‘राउन्ड ट्रिप’ गर्ने गरी स्थापित यो मार्ग सन् २०२६ मा एयर चाइनाको पहिलो नयाँ अन्तर्राष्ट्रिय सेवा हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)