आजको मौसम : दिनभर वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुने
nepallive.com · Wed Dec 29 00:37:00 GMT 2021
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। देशका अधिकांश स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू–भागमा रातिदेखि नै हल्का हिमपात भइरहेको महाशाखाको भनाइ छ।
महाशाखाका अनुसार आज (बुधबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानमा दिनभरजसो नै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावनासमेत रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)