रूपन्देही २ मा विवादका कारण स्थगित भएको मतगणना शुरू
deshsanchar.com · Tue Nov 23 16:02:44 GMT 2021
बुटवल- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रूपन्देही क्षेत्र नम्बर २ को मतगणनास्थलमा दुई पक्षबीच विवाद भई रोकिएको मतगणना पुन: सुचारु भएको छ।
सोमबार सम्पन्न निर्वाचनको मतगणना भइरहेको बालमन्दिरमा दुईपक्षबीच विवाद हुँदा कुटाकुट भएको थियो। कुटाकुटमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घबहादुर केसी घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)