मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनाव चिन्ह रातो बनाउनुपर्छ : ओली

news24nepal.tv · Thu Mar 10 00:50:24 GMT 2022

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिन्ह रातो बनाउन आग्रह गरेका छन्। बुधबार मोरङको रंगेलीमा आयोजित आमसभामालाई सम्बोधन गर्दै ओलीले चुनाव चिन्ह रातो रंगको बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका हुन्।

ओलीले काँग्रेसको बुढो रुख व्यूँताउन निर्वाचन आयोगले चुनाव चिन्ह हरियो बनाउने तयारी गरेको बताए। ओलीले हरियो चिन्ह हुँदैमा रुख नव्यूँतने भए पनि आफूहरूलाई हरियो चिन्ह मान्य नरहेको स्पष्ट पारे। ‘काँग्रेस जिताउन चुनाव चिन्ह हरियो बनाउने प्रयास गरिंदैछ‘ उनले भने, ‘हरियो चिन्ह हामीलाई मान्य छैन चुनाव चिन्ह रातो बनाउनुपर्छ।’

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)