मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अडानी समूहले आफ्नै एयरलाइन सञ्चालन गर्न भारत सरकारसँग अनुमति माग्यो

clickmandu.com · Thu Jul 23 05:40:52 GMT 2026

एजेन्सी । भारतको अडानी समूहले सरकारसँग वायुसेवा सम्बन्धी प्रावधानलाई खुकुलो पार्न आग्रह गरेको छ । उक्त प्रावधानले हाल देशकै सबैभन्दा व्यस्त नयाँ दिल्ली र मुम्बई विमानस्थलका सञ्चालकहरूलाई कुनै पनि निर्धारित एयरलाइनमा १० प्रतिशतभन्दा बढी हिस्सा राख्न रोक लगाएको छ ।

यसले ऊर्जादेखि रक्षा क्षेत्रसम्म फैलिएको यस व्यापारिक समूहलाई आफ्नै एयरलाइन सुरु गर्न र उड्डयन क्षेत्रमा आफ्नो पहुँच विस्तार गर्न अनुमति दिनेछ । अडानी समूहले आठवटा विमानस्थल सञ्चालन गर्नुका साथै पाइलट तालिम, विमान मर्मत सम्भार (एमआरओ) र ग्राउन्ड ह्यान्डलिङमा आफ्नो बलियो उपस्थिति बनाइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)