कल्पनै कल्पनाको ‘पब्लिक डिबेट’
Ujyaaloonline.com · Sun Jan 25 23:16:40 GMT 2026

अबको प्रधानमन्त्री मै हो भनेर चुनावमा लडेको मान्छे लडेको लड्यै हुन्छ कि उठेर हिँड्छ, ठेगान छैन । तर भोट हाल्नुअघि पार्टीले प्रधानमन्त्री छान्न थालेका छन् । न घोषणापत्र, न प्रतिबद्धता । न पहिले गरेको कामको समीक्षा, न अब हुने कामको योजना । केही हावादारले आफू लोकप्रिय देखिन पब्लिक डिबेट गरौँ भने । केपी ओलीलाई खुदो पल्टियो ।
डिबेट गर्न सबैभन्दा पहिले केपी ओली अघि सरे । ‘भदौ २४ गतेपछि आमयुवा र विपक्षीको अघिल्तिर उभिएर गफ दिन नपाएका कारण ओलीको घाँटी खसखसाएको खसखसायै छ । उल्कै भएको छ । पब्लिक डिबेट भयो भने हावा गफ दिएर घाँटीको खसखस मेटाउन र जग हँसाउन पाइन्छ । कसैकसैलाई सुन्न मन नलागेर हुन्छ ? मेरा कुरा सुनेर थपडी बजाउने र मुर्छा परेर हाँस्ने मान्छेहरू अझै पनि छन् । ल गरौँ पब्लिक डिबेट । अरू कोही छ तयार ?’
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)