ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता
barnanmedia.com · Wed Sep 23 19:15:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘नष्ट’ गर्न सक्ने चेतावनी दिएको केही समयमै अमेरिकी र इरानी अधिकारीबीच करिब तीन घण्टा वार्ता भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाका लागि विश्व नेताहरू भेला भएका बेला भएको यो अप्रत्याशित भेटले युद्धरत दुई मुलुकबीच कूटनीतिक संवादको सम्भावना देखाएको छ ।
राष्ट्रपति ट्रम्पका प्रमुख दूत स्टिभ विटकफ र जारेड कुसनरले मङ्गलबार महासभाको अवसरमा इरानी अधिकारीसँग भेट गर्नुभएको थियो । वार्ताबारे विस्तृत जानकारी नदिँदै ट्रम्पले भेटलाई ‘निकै राम्रो’ बताउनुभयो । यद्यपि, उहाँले इरानी अधिकारीहरू उच्च तहका नभएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)